अनुपालन र निष्ठा
अनुपालन र निष्ठा टोली, जसलाई भनिन्छ The InSpire team
निष्ठा, पारदर्शिता र निष्पक्षता inDriveका मुख्य मूल्य-मान्यताहरू हुन्। हामी ठूला वा सानो जुनसुकै निर्णयमा पनि यी मूल्य-मान्यताहरूको पालना गर्छौं। हाम्रो आचारसंहिताले नीति, नियम, प्रक्रिया, प्रशिक्षण र सञ्चारको संगम भएको सबल प्रणालीद्वारा समर्थित स्पष्ट निर्देशन प्रदान गर्दछ।
भेरा लेप्चिकोभा, अनुपालन निर्देशक inDrive
हाम्रा सिद्धान्तहरूको सार हाम्रो नाममा निहित छ
भित्री कुरा व्यक्त गर्नुहोस्
हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेकै मानिसहरू हुन्। हामी कर्मचारीहरूलाई बोल्न, प्रश्नहरू सोध्न र चिन्ताहरू व्यक्त गर्न प्रोत्साहित गर्दै उहाँहरूको हितलाई समर्थन गर्छौं। हाम्रो मुखबिर (अर्थात व्हिसलब्लोअर) प्रणालीले प्रतिकारबाट पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्दछ।
निष्ठालाई प्राथमिकतामा राख्नुहोस्
हाम्रो उद्देश्य पारदर्शिता, निष्ठा र नैतिक निर्णय प्रक्रिया मार्फत कम्पनीको दृष्टि र लक्ष्यलाई कायम राख्नु हो। आप्नै उदाहरण मार्फत बाटो देखाउँदै हामी हाम्रो आसपास रहने मानिसहरूलाई प्रेरित गर्छौं।
नैतिकताको सम्मान गर्नुहोस्
हामी हाम्रा सम्पूर्ण सञ्चालन कार्यहरूमा नैतिक व्यवहारको उच्चतम मापदण्डहरू कायम राख्छौं। कम्पनीको नेतृत्वले व्यक्तिगत उदाहरण मार्फत निरन्तर निष्ठा प्रदर्शन गर्नुपर्छ। कर्मचारीहरूले टोली भित्र अनुशासन र सम्मानलाई बढावा दिँदा उत्पादकता र कार्यस्थल सन्तुष्टि बढ्नेे, निरन्तर सुधार र नवीनतालाई सहज बन्छ भन्ने कुरालाई अङ्गीकार गर्नुपर्छ।