अवसरहरू सिर्जना गर्ने भित्री इच्छा
हामी संसारमा सुधार ल्याउन आफैंमा सुधार ल्याएर सुरुवात गर्छौं। हामी व्यापारभन्दा माथि उठेर स्थानीय समुदायको विकास र वातावरणको ख्याल राख्नमा योगदान गर्छौं
मानिसहरूको लिङ्ग, उमेर, जात, संस्कृति वा सामाजिक स्थितिको पर्वाह नगरी हामी उनीहरुलाई अझ राम्रो बाँच्ने मौका र विकल्प दिन्छौं
हामी हरेक दिन लाखौं मानिसहरूलाई उनीहरुले चाहेको कुरा छनौट गर्न मद्दत गर्छौं। बिना दबाब, स्वतन्त्र रूपमा, र न्यायोचित ढङ्गले'
हाम्रा प्राथमिकताहरु
समावेशीता प्रती वफादार
हामी inDrive लाई थप समावेशी बनाउन निरन्तर काम गरिरहेका छौं । जस्तै हामीले अपाङ्गता भएका यात्रुहरूलाई ड्राइभ गर्ने बारे चालकहरूका लागि एपमै भिडियो ट्यूटोरियलहरू राखेका छौं। सो भिडियो शृङ्खलाले चारवटा केसहरू समेट्छ: क) दृष्टिविहीन यात्रुहरू ख) श्रवण कमजोर भएका यात्रुहरू ग) बैसाखी प्रयोग गर्ने यात्रुहरू, र घ) ह्वीलचेयर प्रयोग गर्ने यात्रुहरू
Supernovas
हाम्रा सबैभन्दा रोमाञ्चक पहलहरू मध्येको एक Supernovas हो—विकासोन्मुख राष्ट्रहरूका साना सहरहरूका बालबालिकाका लागि सञ्चालित गैर-नाफामूलक फुटबल परियोजना । यो स्कोर र नतिजाहरू मात्र नभइ खुलापन र खेललाई पनि महत्त्व दिने सुरक्षित स्थान हो । बालबालिकाको अनुहारमा मुस्कान ल्याउनुका साथसाथै Supernovas ले शारीरिक क्रियाकलापहरू प्राप्त गर्न र संलग्न रहिरहनका लागि उनीहरूको प्रेरणालाई हौसला दिन्छ ।
स्थानीय सामुदायिक सहायता
ठुलो, सानो सबै तरिकाबाट। हामी आर्थिक संकट र प्राकृतिक प्रकोपबाट नकरात्मक रूपमा प्रभावित स्थानीय समुदाय र कमजोर समूहहरूलाई सहयोग गर्छौं
हाम्रा प्राथमिकताहरु
मानव समृद्धि
हाम्रो लक्ष्य भनेको एक नैतिक र पारदर्शी संस्था बन्नु हो जसले व्यापार भित्र र बाहिर निष्पक्षतालाई बढावा दिन्छ। यसो भनिरहदा यो धेरै महत्वाकांक्षी सुनिन्छ, तर हामीलाई वास्तवमा ड्राइभ गर्ने शक्ति यही हो
समावेशीता प्रती वफादार
हामी inDrive लाई थप समावेशी बनाउन निरन्तर काम गरिरहेका छौं । जस्तै हामीले अपाङ्गता भएका यात्रुहरूलाई ड्राइभ गर्ने बारे चालकहरूका लागि एपमै भिडियो ट्यूटोरियलहरू राखेका छौं। सो भिडियो शृङ्खलाले चारवटा केसहरू समेट्छ: क) दृष्टिविहीन यात्रुहरू ख) श्रवण कमजोर भएका यात्रुहरू ग) बैसाखी प्रयोग गर्ने यात्रुहरू, र घ) ह्वीलचेयर प्रयोग गर्ने यात्रुहरू
Supernovas
हाम्रा सबैभन्दा रोमाञ्चक पहलहरू मध्येको एक Supernovas हो—विकासोन्मुख राष्ट्रहरूका साना सहरहरूका बालबालिकाका लागि सञ्चालित गैर-नाफामूलक फुटबल परियोजना । यो स्कोर र नतिजाहरू मात्र नभइ खुलापन र खेललाई पनि महत्त्व दिने सुरक्षित स्थान हो । बालबालिकाको अनुहारमा मुस्कान ल्याउनुका साथसाथै Supernovas ले शारीरिक क्रियाकलापहरू प्राप्त गर्न र संलग्न रहिरहनका लागि उनीहरूको प्रेरणालाई हौसला दिन्छ ।
थप थाहा पाउनुहोस्स्थानीय सामुदायिक सहायता
ठुलो, सानो सबै तरिकाबाट। हामी आर्थिक संकट र प्राकृतिक प्रकोपबाट नकरात्मक रूपमा प्रभावित स्थानीय समुदाय र कमजोर समूहहरूलाई सहयोग गर्छौं
पृथ्वीको सम्भार
हामीले गरेका कामबाट जलवायु परिवर्तनमा जुन प्रभाव पर्दछ हामीलाई बिस्वास छ त्यो प्रभावलाई वातावरणप्रतिको हाम्रो योगदानले भर्पाइ गर्न सक्छ र गर्नुपर्दछ। त्यसकारण आफुले गर्ने हरेक काममा हामी वातावरणीय दिगोपनका सिद्धान्तहरू अप्नाउदछौं
हरित शहरको सपना
यस परियोजनाको मूल उदेश्य inDrive सञ्चालित क्षेत्रहरूमा वातावरणीय सुधार गर्नु हो। यस परियोजना अन्तर्गत हामी वातावरणीय मुद्दाहरुमा छलफला गर्ने, बृक्षारोपण गर्ने, र फोहोर सफा गरी रीसाइकल गर्ने जस्ता कामहरु गर्दछौं । हो--यी कामहरु साना कदम हुन् तर हामिलाई विस्वास छ यसले ठुलो फरक ल्याउनेछ ।
हरित कार्यालय सञ्चालन
हरेक कार्यालयले आफू सञ्चालन हुँदा वातावरणीय फुट्प्रीन्ट छोड्दछ । हाम्रो कोसिस सकेसम्म न्यून प्रभाव पर्ने फुट्प्रीन्ट छोड्नु हो । inDriveसँग एउटा यस्तो कर्पोरेट प्रोग्राम छ जसले प्राकृतिक स्रोतहरू (जस्तै पानी, इन्धन, वा अक्सिजन) को प्रयोगलाई अनुकूलन गर्नुका साथै कम्पनीको सञ्चालनबाट वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गर्दछ।
सामुदायिक विकास
एक जनहितका लागी संचालित कम्पनीको नाताले हामी सधैं उच्चतम मानव क्षमता हासिल गर्न तत्पर रहन्छौं। विशेष गरी सुचना प्रविधिको क्षेत्रमा महिला र अल्पसंख्यक किशोर-किशोरिहरूलाई प्रोत्साहन गर्दै हामी सबैका लागि शैक्षिक अवसर र सामाजिक बृद्बिबिकासमा पहुँच बढाउँदछौं
BeginIT
inDriveको सामाजिक-शैक्षिक परियोजना BeginITको सुरुवात २०१२ मा भयो। यस परियोजनाले करियर सम्बन्धी परामर्श प्रदान गर्दछ तथा नयाँ प्रविधिहरू बारे जान्न चाहने अनाथालय, बोर्डिङ स्कुल, र ग्रामीण विद्यालयका प्रतिभाशाली बच्चाहरूलाई खोज्ने काम गर्दछ। हाल यस परियोजनामा १३ देशका १२० भन्दा बढी शैक्षिक संस्थाहरू आबद्ध भैसकेका छन्। यसको लक्ष्य बौद्धिक पेशाहरू प्रति बालबालिकाको चासो जगाउनु र उनीहरूको व्यक्तिगत विकासलाई उत्प्रेरित गर्नु हो। BeginIT बालबालिकाले भविष्यमा गर्ने करियर छनौटको लागि एक रोमाञ्चक सुरुवात हो । थप थाहा पाउनुहोस्
Aurora टेक अवार्ड
Aurora टेक अवार्ड टेक स्टार्ट-अपका महिला संस्थापकहरूलाई दियिने वार्षिक पुरस्कार हो जसका परियोजनाहरुले विश्वको विकासमा उल्लेखनीय प्रभाव पारेको छ। सूचना प्रविधिले लाखौंको जीवनलाई सहज बनाउँदछ। त्यसैले हामी यस क्षेत्रमा नयाँ आउनेहरूलाई समर्थन गर्न चाहन्छौं। हाम्रो मुख्य लक्ष्य प्राविधिक क्षेत्रमा कार्यरत महिला र विशेष गरी महिला उद्यमीहरूलाई समर्थन गर्नु हो। हाम्रो सफलताको कामना गर्नुहोला । थप थाहा पाउनुहोस्
मेन्टोरिङ्ग परियोजना
यस ProjectLabद्वारा सञ्चालित करियर परामर्श शिविरमा स्वयंसेवकहरूद्वारा किशोर किशोरीहरूका लागि समूहमा सल्लाह तथा प्रशिक्षण दिइन्छ। यो किन पनि रोमाञ्चक छ भने यसबाट बच्चाहरूले आईटिका विभिन्न पेशाहरू बारे जानकारी पाउँछन्, आधारभूत हाड र सफ्ट स्किलहरु प्राप्त गर्दछन्, र उनीहरूको जीवनमा आधारित वेबसाइट सिर्जना गर्दछन्। अध्ययनका क्षेत्रहरू यस प्रकार छन्: वेबसाइट विकास, पत्रकारिता र पीआर, फोटो र भिडियो फिल्मिङ। यो परियोजना काजकिस्थानका SOS बाल गृहहरु र iQanat एजुकेसनल फाउन्डेसनसँगको सहकार्यमा जारी छ ।
माई करियर
'माई करियर' काजकिस्थानी युवाहरूको लागि सञ्चालित करियर सम्बन्धि परामर्श दिने सामाजिक-शैक्षिक परियोजना हो। फोकस-मिडिया फाउन्डेसन र SOS बाल गृह सँगको सहकार्यमा हामी काजकिस्थानका विभिन्न क्षेत्रका युवा पुरुष र महिलाहरूको रोजगारी सीप विकास गर्छौं। यस कार्यक्रममा कम्तिमा ४०% विद्यार्थीहरू अपाङ्गता भएका वा कम आय भएका, ठूला परिवार वा ग्रामीण क्षेत्रका छन् जसले यस परियोजनालाई अझ महत्त्वपूर्ण र आवश्यक बनाउँदछ।
जीवनको गुणस्तर सुधार
हाम्रो काम गर्ने तरिका विश्वव्यापी रूपमा सोच्ने तर स्थानीय स्तरमा सहायता गर्ने हो। यसको मतलब हामी हामीले सञ्चालन गर्ने क्षेत्रहरूमा पूर्वाधार र शहरी जीवनको विकासमा सक्रिय भूमिका खेल्छौं
सुरक्षित ड्राइभिङ प्रतिको प्रतिवद्धता
हाम्रो यो सामाजिक मार्केटिङ अभियान मादक पदार्थ र यसले ड्राइभिङमा ल्याउने जोखिम प्रति लक्षित छ। यस कार्यक्रमले चालकहरूलाई सुरक्षित ड्राइभिङको महत्त्व बारे शिक्षित गर्दछ। यस कार्यक्रमको पायलटिङ नामिबियामा भैसकेको छ र यसको महत्त्वलाई नजरान्दाज गरिनुहुँदैन ।
थप थाहा पाउनुहोस्