प्रमुख स्टार्टअप केन्द्र बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापक तर्फका पुरस्कारका विजेताहरु घोषणा गरिएको छ

आईटी स्टार्टअपका महिला संस्थापक तर्फका पुरस्कार विजेताहरू घोषणा गरिएको छ

A group of women sitting together

सुपरनोभा परियोजनाका लागि प्रशिक्षकहरुको भर्ती सुरु भएको छ

अल्टर्नेटिभा फिल्म परियोजनाको शैक्षिक प्रयोगशालाहरूका लागि आवेदन खुला छ

विद्यार्थी प्रयोगशालाहरूले नयाँ सिजनको लागि भर्ती लिँदैछन्

थप जान्नुहोस्

अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार र प्रशिक्षण प्रयोगशालाले अहिले आवेदन स्वीकार गर्दैछन्

थप जान्नुहोस्

हामी समुदायमा मानिसहरूलाई सशक्तीकरण गर्दै परिवर्तनको अभियानमा छौँ

हाम्रो मिशन अन्यायलाई चुनौती दिँदै २०३० सम्ममा १ अरब+ मानिसका लागि न्यायोचित संसार बनाउनु हो

  • १०
    परियोजनाहरू
  • २१
    देशहरु
  • 8
    विश्वव्यापी आवेदकहरूका लागि अन्तर्राष्ट्रिय पुरस्कार
3
ल्याटिन अमेरिकामा ३ परियोजनाहरू
2
अफ्रिकामा २ परियोजनाहरू
6
सिआइएस राष्ट्रहरुमा ६ परियोजनाहरु
2
एसियामा २ परियोजनाहरू

हाम्रो सकारात्मक प्रभावलाई अधिक प्रभावकारी बनाउन हामीले इनभिजन भन्ने हब सिर्जना गर्यौँ

इनभिजनले शिक्षा, रचनात्मक उद्योग, स्टार्टअप र खेलकुद जस्ता क्षेत्रमा पिछडिएका समूहलाई सहयोग गर्दै श्रोतको अनुचित विनियोजनलाई चुनौती दिन्छ

शिक्षा

ज्ञान केवल सिमित व्यक्तिका लागि विशिष्ट र महँगो विशेषाधिकार हुनु हुँदैन। यो सबैका लागि उपलब्ध हुनुपर्छ। हाम्रो उत्तर भनेको विकासोन्मुख देश र समुदायका लागि शिक्षालाई थप पहुँचयोग्य बनाउनु हो

एउटा यस्तो कार्यक्रम जसले युवालाई थप दिगो, समावेशी र न्यायपूर्ण संसार निर्माण गर्ने परिवर्तनका बाहक बन्न प्रेरित गर्दछ

थप जान्नुहोस्

सबै पृष्ठभूमिका विद्यार्थीहरूलाई निःशुल्क स्नातक तहको शिक्षा प्रदान गर्दछ।

थप जान्नुहोस्

विकासशील देशका विद्यार्थीहरूलाई विश्वका शीर्ष विश्वविद्यालयमा प्रवेश गर्न मद्दत गर्दै

थप जान्नुहोस्

सामाजिक रूपमा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न चुनौतीमा आधारित सिकाइ ढाँचा प्रयोग गर्ने विद्यार्थी प्रयोगशाला

थप जान्नुहोस्

स्टार्टअपहरु

स्टार्टअप संसारको सुरुवात एक अवसरको केन्द्रको रूपमा भएको थियो तर अहिले सम्भ्रान्त, सतही र परिणाम स्वरूप नयाँ पिँढीको लागि दुर्गम साबित भएको छ। टेक स्टार्टअप सुरु गर्न तपाईंको स्थान वा लिङ्ग बाधाको रूपमा खडा हुनु उचित हुँदैन। हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ

विश्वको विकासमा सबैभन्दा उल्लेखनीय प्रभाव पार्ने आईटी स्टार्टअपका महिला संस्थापकहरूको लागि पुरस्कार

थप जान्नुहोस्

ठुला हब तथा मुख्य स्टार्टअप समुदाय बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापकहरूको लागि अन्तर्राष्ट्रिय पुरस्कार

थप जान्नुहोस्

रचनात्मक उद्योगहरू

विश्वव्यापी कला र चलचित्र निर्माण क्षेत्रको नेतृत्व सबैभन्दा शक्तिशाली बजारद्वारा हुँदै आएको छ र विकासशील देशका सिर्जनाकर्ताहरुका लागि विविध, निष्पक्ष र स्वागतयोग्य छैन। विश्वव्यापी रूपमा स्थानीय कलाकारहरूको लागि सान्दर्भिक शिक्षा तथा सम्भाव्यताको पनि अभाव छ। हाम्रा कार्यक्रमहरूको लक्ष्य रचनात्मक उद्योगमा भएका असमानतालाई कम गर्नु रहेको छ।

विकासशील देशहरूका कलाकारलाई सहयोग गर्ने र समकालीन सामाजिक र राजनीतिक चुनौतीहरूलाई सम्बोधन गर्ने एउटा अन्तर्राष्ट्रिय सांस्कृतिक संस्था

थप जान्नुहोस्

विकासोन्मुख देशका फिल्म उद्योगका फिल्म निर्मातालाई सहयोग गर्ने उद्देश्यले फिल्म पुरस्कार र प्रशिक्षण प्रयोगशालाहरू समावेश गरिएको अन्तर्राष्ट्रिय परियोजना

थप जान्नुहोस्

खेलकुद

दुर्गम क्षेत्रका बालबालिका र शारीरिक अपाङ्गता भएका वयस्कका लागि खेलकुद धेरै महत्त्वपूर्ण हुन्छ तर यस क्षेत्रमा पहुँच सिमित छ। यस अन्यायलाई चुनौती दिन हामीले खेलकुदको समावेशिता र पहुँच बढाउने उद्देश्यले सबैभन्दा बढी आवश्यक भएकाहरुका लागि विश्वव्यापी कार्यक्रमहरू सुरु गरेका छौँ

साना सहर र दुर्गम क्षेत्रका बालबालिकाका लागि नि:शुल्क फुटबल तालिम उपलब्ध गराउने गैर-लाभकारी पहल

थप जान्नुहोस्

दौड व्यवसायलाई सशक्त बनाउन पहुँचयोग्य र समावेशी दौड कार्यक्रमहरू आयोजना गर्दै

inDriveको सफलता सँगसँगै मेरो टोली र म सदैव अन्यायलाई चुनौती दिने र थप समुदायलाई सशक्तिकरण गर्ने काम गरिरहने छौँ। हाम्रो योजना ठूलो छ ।

Arsen Tomsky avatar

आर्सेन टोम्स्कि, सिइओ, inDrive

समावेशी ड्राइभिङ

समावेशी ड्राइभिङ

हामी inDriveलाई थप पहुँचयोग्य बनाउन निरन्तर काम गरिरहेका छौँ। त्यसैले हामीले अपाङ्गता भएका यात्रुलाई ड्राइभ गर्ने बारे चालकका लागि एप भित्रै भिडियो ट्यूटोरियलहरू बनाएका छौँ।

सुपरनोभाज

सुपरनोभाज

हाम्रो सबैभन्दा रोमाञ्चक पहलहरू मध्ये एक हो सुपरनोभाज – विकासोन्मुख देशहरूमा साना सहरका बालबालिकाका लागि नाफारहित फुटबल परियोजना। यो एक सुरक्षित स्थान हो जहाँ हामी खुल्लापन र स्वयम् खेललाई महत्व दिन्छौँ, न केवल स्कोर र परिणामहरूलाई

स्थानीय समुदायको समर्थन

स्थानीय समुदायको समर्थन

ठूला-साना सबै तरिकाले हामी आर्थिक सङ्कट र प्राकृतिक प्रकोपबाट नकारात्मक रूपमा प्रभावित स्थानीय समुदाय र कमजोर समूहलाई सहयोग गर्छौँ