हाम्रा मूल्यमान्यताहरू

city image

inDriveको सुरुवात न्यायको अभ्यासको रुपमा भएको थियो। २०१२ को नयाँ वर्षको पूर्वसन्ध्या थियो जब याकुत्स्कको उत्तरी शहरमा तापक्रम -४५ डिग्री सेल्सियस (-४९ डिग्री फरेनहाइट) सम्म झर्थ्यो। स्थानीय ट्याक्सी कम्पनीहरूले समन्वय गरेर आफ्नो भाडा दोब्बरसम्म बढाए जसबाट धेरै स्थानीय साइबेरियन जनता जाडोमा फसेका थिए। यो सामूहिक र अनुचित मूल्यवृद्धिले याकुत्स्कका नागरिकहरूलाई निकै क्रोधित बनायो। त्यसपछी उनीहरु सामाजिक सञ्जालमा आवद्ध हुन थाले र सवारी अनुरोध गर्न र प्रस्ताव गर्न, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यात्राको लागि उचित मूल्यमा सहमत हुनथाले। यो जनस्तरको सामूहिक अनलाइन कार्य अन्ततः inDrive एप बन्न पुग्यो। पारदर्शिता, निष्पक्षता र प्रविधिको अभिनव प्रयोगद्वारा अन्यायलाई चुनौती दिनु नै आजसम्म inDriveलाई हौसला प्रदान गर्ने आधारभूत मूल्यहरू हुन्। inDriveले मानव तत्वलाई कायम राख्दै यस्ता यात्राका समाधानहरू सिर्जना गरेको छ जसले छनोट गर्ने स्वतन्त्रता दिन्छ। हाम्रो प्लेटफर्मले चालक र यात्रुहरूलाई प्रत्येक सवारीको लागि मूल्य, मार्ग र अन्य विवरणहरूमा आपसमा सहमत हुने वातावरण बनाउँदछ। हाम्रो पियर-टु-पियर मोडलले अव्यक्तिगत एल्गोरिदमहरू, चालकका लागि अनुचित सर्तहरु, र मूल्य हेरफेर जस्ता सवारी साझेदार कम्पनीहरुसँग जोडिएका धेरै अन्यायहरूलाई चुनौती दिँदै अझ बढी पारदर्शिता र छनौटको अनुभूती दिन्छ। २०१३ मा स्थापित inDrive आज विश्वका पाँच महादेशमा ४६ देशहरूका ७४९ शहरहरूमा उपलब्ध छ। गुगल प्ले र एप स्टोरको डाटा अनुसार २०२२ मा inDrive विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको सवारी साझेदारी एप भएको थियो। सन् २०१८ मा inDriveलाई अमेरिकी बजारमा समावेश गरिएको थियो जसको मुख्य कार्यालय माउन्टेन भ्यू, क्यालिफोर्नियामा रहेको छ। यो समूहले विश्वव्यापी रूपमा २,७०० भन्दा बढी मानिसहरूलाई रोजगार दिएको छ। सन् २०२१ को प्रारम्भमा इनसाइट पार्ट्नर्स, जनरल क्याटलिस्ट र बन्ड क्यापिटलबाट १५० मिलियन डलर लगानी भित्र्याएपश्चात कम्पनीको मूल्याङ्कन १.२३ बिलियन डलर पुग्यो जसले गर्दा कम्पनी युनिकर्न बन्न सफल रह्यो। त्यसैगरी २०२३ मा inDriveले विकासलाई बढावा दिन, आफ्नो सेवा विस्तार गर्न र नयाँ सेवामा लगानी गर्न एक नौलो हाइब्रिड सुरक्षा कोष अन्तर्गत जेनेरल क्याटलिस्टबाट $१५० मिलियन उठाउन सफल रह्यो। inDrive विश्वभरका समुदायहरूमा अन्यायलाई चुनौती दिन प्रतिबद्ध छ। गतिशीलताका समाधानहरूको अतिरिक्त हामी अन्तरशहर यातायात, डेलिभरी र माल ढुवानी सेवा, साथै विभिन्न क्षेत्रमा रोजगार खोज्ने र माग अनुसार घरायसी तथा व्यावसायिक सेवाहरु दिने प्लेटफर्म प्रदान गर्दछौं। व्यापारमा निष्पक्षता कायम राख्नको साथसाथै inDriveले अरु ८ वटा विश्वव्यापी गैर-लाभकारी कार्यक्रमहरू सञ्चालन गर्दछ। हामी स्थानीय समुदायको शिक्षा, खेलकुद र कलामा पहुँच पुर्याउने कुरामा समर्पित छौं — आखिर inDriveको सुरुवात एक जन-संचालित समाधानको रूपमा भएको हो। हामी विश्वस्त छौ कि सामुदायिक विकासमा लगानीले विश्वव्यापी सकारात्मक प्रभावको लागि निरन्तर अवसरहरू सिर्जना गर्दछ। inDrive एउटा यस्तो कम्पनी हो जुन मानिसहरूद्वारा मानिसहरूका लागि सञ्चालित छ किनभने संसारको कुनै पनि प्रविधिले मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्दैन। जुलाई २०२२ सम्ममा inDriveको रूसमा कुनैपनी कानुनी उपस्थिति छैन। कम्पनीले आफ्नो रूसी इकाईलाई विच्छेद गरेको छ भने बजारमा थप लगानी गर्ने योजना बनाएको छैन। inDrive ब्रान्ड अन्तर्गत सञ्चालन हुने रुसी व्यवसायलाई स्वतन्त्र रूपमा व्यवस्थित र वित्तपोषण गरिएको छ। ब्रान्ड विभाजन जारी छ, र हामी यो प्रक्रिया निश्चित समयमा पूरा गर्ने आशा गर्दछौं। inDrive समूहले आफ्ना सबै कर्मचारीहरूलाई रूसबाट विश्वभरका विभिन्न स्थानहरूमा स्थानान्तरण गरिसकेको छ।

पछाडि